कुन उमेर समूहकाले कस्तो ‘मास्क’ लगाउने भन्नेबारे डब्ल्यूएचओले जारी गर्यो ‘गाइडलाइन’
एजेन्सी, ७ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीमा १२ वर्ष भन्दा माथिका उमेरका मानिसहरुको लागि मास्क लगाउनेको विषयलाई लिएर नयाँ नियम बनाएको छ ।
सो नयाँ नियमका अनुसार १२ वर्ष भन्दा माथिका मानिसहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ ।
यसैगरी शीर्ष स्वास्थ्य एजेन्सीका अनुसार बच्चाबाट कोरोना भाइरस फैलिने खतरा कति हुन्छ भन्ने बारेमा अहिलेसम्म पत्ता लागेको छैन ।
त्यस्तै डब्ल्यूएचओको गाइडलाइन्सका अनुसार ५ वर्ष भन्दा कम उमेरका बच्चाहरुले मास्क लगाउनु हुँदैन ।
६ देखि ११ वर्षका बच्चाहरुलाई परिवारले मास्क लगाउन र खोल्न सहयोग गर्नुपर्नेछ । साथै उनीहरु गएको स्थानको ध्यान दिनुपर्नेछ ।
डब्ल्यूएचओको अनुसार ६० वर्ष भन्दा कम उमेरको आयुका मानिसहरुले कपडाको मास्क लगाउनु पर्नेछ ।
यो उमेर भन्दा माथिका मानिसहरुले मेडिकल मास्क लगानुपर्ने डब्ल्यूएचओले बताएको छ ।