आज तरुन दलद्धारा बाँके बन्द
बाँके-युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी (गोरे) माथि भएको सांघातिक आक्रमणको मुख्य योजनाकारका रुपमा प्रहरीले नेपाल तरुण दल बाँके क्षेत्र नं. १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको छ । बुढाथोकीमाथि धारिलो हतियार प्रहार गर्ने लक्ष्मण मल्ललाई २२ पुषमा प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेलगत्तै २३ पुषमा प्रहरीले मुख्य योजनाकार भन्दै राणालाई पक्राउ गरेको हो ।
राणालाई पक्राउ गरेको विरोधमा नेपाल तरुण दल बाँकेले २४ पुष आज बाँके बन्द गरेको छ । बन्दका कारण नेपालगञ्ज, कोहलपुर लगायतका क्षेत्रमा यातायातका साधन संचालनमा आउन सकेका छैनन् । बजारहरु पनि प्राय बन्द छ । कांग्रेस तथा तरुण दलका कार्यकर्ताहरु बिहानैदेखि सडकमा उत्रिएका छन् ।
पक्राउ परेका दिग्वीजयजंग राणा कांग्रेसमा शेरबहादुर देउवा र खुमबहादुर खड्का निकट हुन् । राणालाई रिहा गर्न स्थानीय तथा केन्द्रीय नेताहरु पनि लागिपरेका छन् ।