नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृति
नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृति
काठमाडौ, ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वीकृति दिएको छ ।
मन्त्रालयका अनुसार चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि निजी कम्पनी इच्छुक देखिएपछि स्वीकृति दिएको हो ।
मन्त्रालयको स्वीकृतिमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको छ ।
परिषदले दिएको जानकारी अनुसार कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रुस र बेलायतमा बनेका भ्याक्सिन नेपालमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको छ ।