दुबई एयरपोर्टमा अलपत्र परेका नेपाली यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज स्वदेश फर्कियो
काठमाण्डौ, ७ भदौ । दुबई एयरपोर्टमा अलपत्र परेका नेपाली यात्रु लिएर नेपाल एयरलाइन्सको वाइड बडी ९ए ३३०० आज स्वदेश फर्किएको छ ।
गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सको उडानबाट आज स्वदेश फर्काइएको हो । २ सय ६४ जना यात्रु सहित २ जनाको शव बोकेर नेपाल एयरलाइन्सको जहाज नेपाल फर्किएको हो ।
आजको उडान पनि तोकिएको समय भन्दा झण्डै डेढ घण्टा ढिला भएको थियो ।
नेपाल फर्किन अन्तिम समयमा एयरपोर्ट पुगेका यात्रुहरुलाई अलपत्र बनाई जहाज रित्तै फर्किएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका थिए । चौतर्फी दबाब र विरोध भएपछि सरकारले पहिले काटेको पुरानै टिकटमा नेपाल फर्काएको हो ।