काठमाण्डौको काँडाघारीमा सैलुन चलाउनेमै कोरोना संक्रमण, कपाल काट्न गएकाहरूको कन्ट्याक्ट ट्रेसिङ हुँदै
काठमाण्डौ, ७ भदौ । काठमाण्डौको काँडाघारीमा सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारी क्षेत्र सिल गरिएको छ ।
यसैगरी समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री र कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ भने स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।
कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाका अनुसार कपाल काटिदिने सैलुन सञ्चालकमा कोरोना देखिएको भएर त्यस क्षेत्र सिल गरिएको हो भने त्यहाँ कपाल काट्न आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।
वडा नम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको र काँडाघारी क्षेत्रमा नगरपालिकाकै धना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको उनले बताएका छन् ।