काठमाडौं उपत्यकामा २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी गर्दै उपत्यका नगरपालिका फोरम
काठमाडौ, ८ भदौ । उपत्यकामा कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएको हुनाले उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने जोखिमलाई नियन्त्रण गर्न र पूर्वसतर्कता अपनाउनको लागि उक्त योजना बनाइएको हो ।
काठमाडौं महानगर स्रोतका अनुसार यस विषयमा आजको उपत्यका नगरपालिका फोरमको बैठकमा निर्णय गर्ने तयारी रहेको र कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरु आफैँ सम्पर्कमा आए चाँडै सफलतामा पुगिने अनुमान गरिएको छ ।
त्यस्तै गत आइतबार बसेको नगरपालिका फोरमका पदाधिकारीको बैठकले पनि यो विषयउपर छलफल गरेको थियो ।
काठमाडौं उपत्यकाभित्र संक्रमितको संख्या ३ हजार २ सय नाघिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकरी दिएको छ ।