काठमाडौंबाट साढे ६ केजी अफिमसहित दुई जना पक्राउ परे
काठमाडौ, ८ भदौ । काठमाण्डौबाट प्रहरीले साढे ६ केजी अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो ।
त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलीप विश्वकर्मा र भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार उनीहरुले सो परिणमको अफिम जाजरकोटबाटै प्रतिकेजी १ लाख ५० हजारका दरले किनेर ल्याएको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले अफिम काठमाडौं ल्याएर ८ लाख प्रतिकेजीका दरले बिक्री गर्न लागेको प्रहरीले सूचनाका आधारमा उनीहरुलाई अफिमसहित काठमाडौंको तारकेश्वर नगरपालिकाको शेषमती सानो पुल नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।