सामाजिक सञ्जाल ट्वीटरमा फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण भयो : कुलमान घिसिङ
काठमाण्डौ, १० भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक अकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् ।
मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट पुनर्नियुक्तिको समाचार ट्वीट गरिएका कारण यो समाचार भाइरल बन्न पुग्यो । यता राष्ट्रिय मिडियाहरुले पनि बिना पुष्टि सोही ट्वीटलाई आधार मानेर समाचारहरु तयार गरेका थिए ।
यसैगरी हाल बन्द गरिएको @kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएता पनि सो अकाउन्ट फेक भएको र गलत समाचार सम्प्रेषण भएको घिसिङले स्पष्ट पारेका छन् ।
घिसिङका अनुसार आफ्नो फेक अकाउन्ट खोलि विभिन्न गलत समाचारहरु सम्प्रेसन भएको र फेसबुकको यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराएका छन् ।
