चितवनको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा भेटिए
चितवन, १० भदौ । मंगलबार चितवनको आइसोलेसाबाट भागेका एक कोरोना संक्रमित युवक बुधबार नुवाकोटमा भेटिएका छन् ।
चितवन प्रहरीले दिएको जानकारी अनुसार भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०ः३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा नेपाल प्रहरीको चेकिङको क्रममा फेला परेको हो ।
ती युवक साइकल चढेर चितवनबाट त्यहाँ पुगेको र उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको प्रहरीले बताएको छ ।
भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए भने हिरासतमै उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ ६ गते श्रीमतीको जमानीमा छाडेर उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो । तर, उनी मंगलबार अस्पतालबाट भागेका थिए र प्रहरीले उनको खोजी गरेको थियो।