अब निजी मेडिकल कलेजले पनि कोरोना परीक्षण गर्न पाउने
काठमाण्डौ, १० भदौ । सरकारले स्वास्थ्य संस्थाहरूलाई पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालनका लागि निजी मेडिकल कजेलहरूलाई परीक्षणको अनुमति दिइएको छ । सरकारले अनुमति दिएसँगै कोभिड-१९ (कोरोनाभाइरस) संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाक्टर मुकुन्दा शर्माका अनुसार निजी मेडिकल कलेजले पीसीआर परीक्षण गर्ने अनुमतिका लागि एक तिहाई बेड कोभिड १९ का बिरामीलाई छुट्याउनुपर्नेछ ।
त्यस्तै राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले निजी प्रयोगशालालाई कोभिड १९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको मापदण्ड पुगेको हुनुपर्ने जनाएको छ ।