अदालतले दोषी ठहर गरेपछि मग्वायरलाई इंग्ल्यान्डको राष्ट्रिय टिमबाट हटाइयो
एजेन्सी, १० भदौ । इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमका सेन्टर ब्याक ह्यारी मग्वायरलाई राष्ट्रिय टोलीबाट हटाइएको छ ।
ग्रिसको नाइट बार बाहिर झगडा गरेको मुद्दामा अदालतले मग्यवायरलाई दोषी ठहर गर्दै २१ महिना १० दिनको सजाय सुनाएपछि उनलाई राष्ट्रिय टिमबाट हटाइएको हो ।
म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका २७ वर्षीय मग्वायरले घुष दिन खोजेको, सार्वजनिक सेवकमाथि हिंसा गरेको तथा पक्राउ गरेपछि दुव्र्यवहार गरेको भन्दै दोषी ठहर गरिएको हो।
शुक्रबार पक्राउ परेका मग्वायर आइतबार जमानतमा रिहा भएका थिए । अब उनले अदालतको आदेशविरुद्ध तत्काल अपील गर्ने भएका छन् ।
हामीले तत्काल नै आदेशविरुद्ध अपील गर्ने अदालतलाई जानकारी दिएका छौ, कानुनी परामर्श लिएपछि उनले भने, म कत्ति पनि बिचलित भएको छैन । घटनामा निर्दोष भएकोमा आत्मविश्वास छ ।
छुट्टी मनाउन ग्रिसको माइकोनोसमा गएका मग्वायर बार बाहिर झगडा गरेको आरोपमा पक्राउ परेका थिए । त्यहिँ झगडा उनका लागि महँगो सावित भएको छ ।