काठमाण्डौको सोल्टीमोडबाट ११२ वटा मोबाइलसहित २ भारतीय नागरिक पक्राउ
काठमाडौ, १० भदौ । काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडबाट प्रहरीले १ सय १२ वटा मोवाइलसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले भारत राजस्थान घर भई काठमाडौं बस्ने ३६ वर्षीय राकेशकुमार र ५२ वर्षीय वनवारी चौधरीलाई पक्राउ गरेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट भन्सार छलिका १ सय १२ थान मोवाईल सेट, ३ सय २० थान मोवाईलको डिस्प्ले, ५ सय ९३ थान मोवाईल ब्याट्री र ६ हजार थान क्यालकुलेटर बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार राकेश र वनवारी केही समयदेखि मोवाइल तस्करीमा संलग्न रहेको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।