अन्तरपार्टी मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधी माओवादी केन्द्रलाई
कोहलपुर-बाँकेको कोहलपुरमा सम्पन्न अन्तरपार्टी मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधी माओवादी केन्द्रले हात पारेको छ
जनहित संरक्षण मञ्च (प्रो पब्लीक) ले आयोजना गरेको नगरस्तरिय मैत्रिपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत आईतबार कोहलपुरस्थित तेह्र बिगाह मैदानमा भएको फाईनल खेलमा नयाँ शक्तिलाई हराउँदै माओवादी केन्द्रले उपाधी हात पारेको हो
निकै कडा प्रतिस्पर्धाका बिच माओवादी केन्द्रले नयाँ शक्ति नेपाललाई १ गोल प्रहार गरेको थियो ।
खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा माओवादी केन्द्रका खेलाडीले प्रहार गरेको बल सिधै गोल हुन पुगेको थियो । यद्यपी खेल अवधिभर दुबै टिमका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
यसैबिच आईतबार एक कार्यक्रमका बिच स्थानिय बिकास अधिकारी हरि प्रसाद प्याकुरेलले बिजेता टिमलाई नगद रु ५०००, ट्रफि सहित प्रमाणपत्र प्रदान गरेका थिए ।