अवैध यौनधन्दामा संलग्न रुकुमका तिन महिला सहित ४ जना दाङबाट प्रक्राउ
दाङ –अवैध यौनधन्दामा संलग्न भएको आरोपमा रुकुमका तिन महिला सहित ४ जना दाङबाट प्रक्राउ परेका छन् । दाङको तुलसीपुरमा अबैध यौन धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा दुईजना होटेल संचालिका समेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।
डिएसपी तिम्सिनाका अनुसार रुकुमको गरायला गाविस १ निबासी २४ बर्षीया दाहाल थरकी एक महिला, रुकुमकै खारा गाविस ८ निबासी ३१ बर्षीया विक थरकी अर्की महिला, बागलुङ जिल्लाको दलिङ ७ निबासी २२ बर्षीया केसी थरकी अर्की महिला र रुकुमको पिपल गाविस ३ निबासी १६ बर्षीया हमाल थरकी किशोरी रहेका छन् ।
दहाल र विक तुलसीपुरको न्युरोड स्थित न्यू सल्यानी दाजुभाई होटेल एण्ड लज संचालिका रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जना पेशेवर यौनकर्मी रहेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका चारै जना युवतिलाइ सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।