आइतबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएको पुष्टि, संक्रमितको संख्या १२ सय २१
काठमाडौ, १४ भदौ । आइतबार मात्रै देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो। योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाका अवधिमा २ सय ६७ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसंगै हालसम्म निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ।
यसैगरी हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर भएको छ भने १० हजार ६ सय १२ जना आइसोलनमा रहेको छ।
त्यस्तै भेन्टिलेटरमा हालसम्म उपचार हुनेको संख्या प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १२ जना र प्रदेश २ मा ५ जना रहेका छन्।