कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२१ पुग्यो
काठमाण्डौ, १४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ जना महिला र १० जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरी, बारा, महोत्तरी र काठमाडौँका क्रमश ७४, ४७, ६२ र ७२ वर्षीया महिला रहेका छन्।
त्यस्तै सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय दुई पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय दुई पुरुष र रौतहटका ३० वर्षीय पुरुषको मृत्यु भएको हो।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।