महानगरीय प्रहरी कार्यालयमा कार्यरत थप १३ प्रहरीमा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २८
काठमाडौ, १४ भदौ । काठमाण्डौको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप १३ जना प्रहरीको कोरोनाको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै रानीपोखरीमा कार्यरत कुल संक्रमित प्रहरीको संख्या २८ पुगेको छ।
रानीपोखरीमा कार्यरत कपाल काट्ने प्रहरीबाट कोरोना फैलिएको थियो । यसैगरी संक्रमित प्रहरीलाई अहिले प्रहरी अस्पताल महाराजगञ्ज, आयुर्वेदिक अस्पताल कीर्तिपुर र सशस्त्र प्रहरी बलको एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ।
त्यस्तै, सुन्धारास्थित केन्द्रीय कारागार सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी अनाश्रित सशस्त्र प्रहरी गुल्मका २६ जना प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै सुन्धारास्थित केन्द्रीय कारागारमा संक्रमित प्रहरीको संख्या ५६ पुगेको छ।