चीनमा फेरि भेटिए नयाँ कोरोना संक्रमित
एजेन्सी, १५ भदौ । चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका बताइएको छ । सोमवार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टाको अवधिमा १७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।
सोमवार मात्रै चीनमा १७ जना नयाँ संक्रमित भेटिएका छन् भने पछिल्लो २४ घण्टाको अवधिमा २४ जना संक्रमणमुक्त भइ घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस संक्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ।
चीनका स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टाभित्र भेटिएका नयाँ ती १७ जना संक्रमित पनि सबै जना विदेशबाट आएका नागरिक रहेका छन्। योसंगै हालसम्म चीनमा कोरोना संक्रमितको संख्या ८ हजार ५४८ पुगेका छन् भने त्यस्तै हालसम्म यहाँका ४ हजार ६३४ संक्रमित जनाको ज्यान गएको छ।
तर चीनको जनजीवन भने अहिले धेरै सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहिँ र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ ।