प्रणब मुखर्जीको स्वास्थ्य झन् गम्भिर बन्दै, संक्रमणका कारण ‘सेप्टिक सक’
एजेन्सी, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य गम्भिर बन्दै गइरहेको छ। दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत मुर्खजीको स्वास्थ्य झन खराव भएको छ।
फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएको अस्पतालले जानकारी दिएको छ।
आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको तर्फबाट जारी गरिएको बयान अनुसार केही दिनदेखि प्रणब मुखर्जीको स्वास्थ्यमा लगातार गिरावट आइरहेको छ भने फोक्सोको संक्रमणका कारणले उनी सेप्टिक सकमा भएको हुनाले डाक्टरको एक विशेष दल उनको उपचारमा जुटेको छ। उनी अहिले पनि कोमामा छन् र उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ।
रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ । सेप्टिक सक संक्रमणका कारण हुने गर्दछ भने यसले बिरामीको शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ।