कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन हो : अध्यक्ष दाहाल
काठमाण्डौ, १५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको बताएका छन्।
अध्यक्ष दाहालले सोमबार सामाजिक सञ्जाल टुविटर्मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको पनि बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षपछिको विवाद साम्य भएपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘पार्टी भनेको विचार र विधि हो। विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैनु, उनले भनेका छन्, ुअझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो।’
यसअघि पनि अध्यक्ष दाहालले पार्टीभित्रको विवाद कुनै पदीय भागबण्डाका लागि नभएर विधि र पद्धतिको बहस भएको बताएका थिए। ‘पार्टीमा उठेको अहिलेको बहस पद प्राप्तिका लागि हो कि भन्ने भ्रम पार्न खोजिएको छ’, अध्यक्ष दाहालले एक कार्यक्रममा भनेका थिए, ‘यो नेतृत्वको छिनाझपटी बिलकुल होइन, पार्टीलाई कसरी अघि बढाउने भन्ने विचार र पद्धतिको बहस हो।’
आफूले पार्टी एकताका लागि संघर्ष गरिरहेको उनले बताएका थिए। ‘अहिलेको बहस र छलफलले पार्टीलाई अझ एकताबद्ध र सुदृढ गर्छ, टुटाउने फुटाउने प्रवृत्ति परास्त गरिनुपर्छ,’ उनले त्यो बेला भनेका थिए, ‘तर एकता अक्षुण्ण राख्ने नाममा विभिन्न गलत विचार, प्रवृत्ति र विषयको बहस ढाकछोप हुने हुनुहुँदैन। तिनको फस्र्योट ठीक ढंगले गरिनुपर्छ। कम्युनिष्ट हुनुको नाताले हामी आपसमा इमानदारी र पारदर्शिताका साथ तिखो संघर्ष र बहस गछौँ।’
केही दिनअघि मात्रै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालसँगको विवाद मिलिसकेको बताएका थिए। उनले पार्टीमा देखिएको विवाद मिलेर प्रचण्ड पार्टीतिर र आफू सरकारतिर केन्द्रित हुने बताएका थिए।