नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु
महोतरी, १५ भदौ । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ।
प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले दिएको जानकारी अनुसार भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो।
मृतक महोत्तरीकै निजी स्वास्थ्य संस्थामा काम गर्ने गर्दथे भने उनी भदौ ७ गते बिरामी परेका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो।
मृत्यु भएपछि काठमाण्डौस्थित बयोधा हस्पिटलमा ल्याई स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।