चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न मेडिकल काउन्सिललाई सरकारको निर्देशन
काठमाण्डौ, १५ भदौ । मन्त्रिपरिषदको बैठकले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने बाटो खुला गरिदिएको छ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएका परीक्षा नेपाल मेडिकल काउन्सिलले अब सञ्चालन गर्न सक्नेछ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गराउन काउन्सिललाई निर्देशन दिएको छ भने परीक्षार्थी परीक्षा केन्द्रसम्म आवतजावत र सुरक्षा व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्नेछ।
मन्त्रिपरिषद बैठकको निर्णय अनुसार चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता डा. खतिवडाले बताएका छन्।
डा. खतिवडाका अनुसार प्रत्येक परीक्षार्थीको चारैतर्फ कम्तिमा दुईरदुई मिटर दूरी कायम रहने गरी एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी राखेर परीक्षा सञ्चालन गनुपर्नेछ।