काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि
काठमाडौ, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।
मेयर शाक्यका अनुसार आफू र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका र पिसिआर परीक्षण गर्दा आफ्नो रिपोर्ट पोजेटिभ आएको तर श्रीमतीको भने नगेटिभ देखिएको छ।
अहिले आफू होम आइसोलेसनमै रहेको, स्वास्थ्य अवस्था पनि सामान्य रहेको र लक्षण पनि नदेखिएको उनले बताएका छन्।
श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि अरू नियमित जाँच पनि गर्ने भनेर जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल गएका र त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका बताएका छन्। तर आज अस्पतालले आफ्नो पोजेटिभ देखिएको भनेर खबर गरेको उनले बताएका छन्।
मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज हुनुका साथै त्यस्ता केही लक्षण नदेखिएको र त्यहीँ अलिक अगाडि थकान महशुस मात्र भएको बताएका छन्।