सिंचाइँमन्त्री गिरीद्वारा सिक्टा सिंचाइँ आयोजनाको स्थलगत निरीक्षण
नेपालगन्ज-सिंचाइँमन्त्री दीपक गिरीले बाँकेको सिक्टा सिंचाइँ आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
त्यसक्रममा सिक्टा सिंचाइँ आयोजना प्रमुख रमेश बस्नेतले आयोजना निर्माणको कार्यप्रगतीबारे जानकारी गराउनुभयो । आगामी जेठ महिनाभित्रै जेठीनाला सम्म नहरको पानी छाड्ने गरी मुल नहर निर्माणको काम तीब्र गतिमा भइरहेको बस्नेतले वताउनुभयो । बाँकेको ४३ हेक्टर जमिनलाई सिंचाइँ पु¥याउने उद्देश्यले राष्ट्रिय गौरवको सिक्टा सिंचाइँ आयोजना स्वदेशी लगानीमा भइरहेको हो ।
मन्त्री गिरीले यसअघि बर्दियाको बबई सिंचाइँ आयोजना तथा कैलालीको रानी जमरा कुलरिया सिंचाइँ आयोजनाको निरीक्षणसँगै कार्य प्रगतिबारे स्थलगतरुपमा जानकारी लिनुभएको थियो ।