सन्दिप सम्मिलित जमैका र शिर्ष स्थानमा रहेका ट्रिन्बागोबीच आज खेल हुने
काठमाण्डौ, १६ भदौ । सन्दिप लासमछाने सम्मिलित फ्रेन्चाईज जमैका तलाह्वाजले आज क्यारेवीयन प्रिमियर लीग (सीपीएल)मा आफ्नो सातौ खेल खेल्दैछ । आज हुने सीपीएलमा जमैकाले ट्रिन्बागो नाईट राईडर्ससँग भिड्नेछन्।
आज हुने सो खेल क्यारेवीयन मुलुक ट्रिनिडाडस्थित ब्रायन लारा एकेडेमीमा नेपाली समयानुसार बेलुकी पौने ८ बजेबाट शुरु हुनेछ।
प्रतिद्वन्दी ट्रिन्बागोले जारी सीपीएलमा सबै खेल जित्दै १२ अंक सहित शिर्ष स्थानमा छ भने जमैका ६ खेलमा ३ जित निकाल्दै ६ अंकसहित चौथो स्थानमा छ।
यसैगरी आजको खेलमा ट्रिन्बागो अपराजित यात्रालाई निरन्त्रता दिने रणनितीका साथ मैदामा उत्रनेछ भने जमैका खेल जित्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लीन चाहन्छ।
जारी सीपीएलमा सन्दिप लामिछानेले आफ्नो टिमका लागि ६ खेलमा ९ विकेट लिसकेका छन्।