डब्ल्यूएचआले भन्यो, ‘युरोपमा राष्ट्रियस्तरमा लकडाउन गर्नु आवश्यक छैन’
एजेन्सी, १७ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा अब राष्ट्रिय स्तरमा लकडाउन गर्न आवश्यक नरहेको बताएको छ।
डब्ल्यूएचओका अनुसार केवल स्थानीय स्तरमा लकडाउन गर्दै युरोपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा आउन सक्नेछ। अब युरोप खोप विना नै कोभिड–१९सँग बाँच्न सक्ने डब्ल्यूएचओले बताएको छ।
डब्ल्यूएचओको युरोपका क्षेत्रीय निर्देशक हेन्स क्लूगले एक अन्तर्वार्ता दिने क्रममा महामारीविरुद्धको जित खोपबाटै हासिल हुन्छ भन्ने कुनै जरुरी नरहेको र महामारीलाई त्यतिबेला मात्र जित्न सकिनेछ, जतिबेला हामी महामारीसँगै बाँच्न सिक्नेछौ भन्ने बताएका छन्।
उनलाई आगामी महिनामा संक्रमणको दोस्रो लहरबाट बच्न राष्ट्रियरुपमा लकडाउन हुन सक्छ विषयमा गरिएको प्रश्नमा उनले भने, ‘मलाई त्यसको आवश्यकता पर्दैन भन्ने लाग्छ । तर स्थनीय स्तरमा लगाइने लकडाउनको सम्भावना भने नकार्न सकिँदैन।’