ग्यान्सका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित
अष्टिन टेक्सास ।
टेक्सासको अष्टिनस्थित ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्सको निर्वाचन सम्पन्न गर्न बनेको निर्वाचन आयोगले आइतवार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
यही जनवरी १५ तारिख आइतवार अष्टिनवासी नेपालीहरुको साझा संगठन ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्स को नया कार्यसमितीका लागी हुने निर्वाचनका लागी कुनै पदमा पनि दोहोरो उम्मेद्वारी नपरेपछि उम्मेद्वारी दर्ता गराएका सबैको रित पुर्वक उम्मेद्वारी परेको बताउ“दै निर्वाचन आयोगले उम्मेद्वारी दर्ता गराएका सबै उम्मेद्वारहरुको नामावली प्रकाशन गरेको हो ।
आइतवार एक स ुचना जारी गर्दै डा. कमल अधिकारी प्रमुख रहेको निर्वाचन आयोगले उम्मेद्वारहरुको नामावली प्रकाशन गरेको हो जसमा देवराज न्यौपाने अध्यक्ष, दुई उपाध्यक्ष प्रधुम्न श्रेष्ठ र पदम ठकुराठी, महासचिव स ुदिप दाहाल, सचिव बिशाल गौतम कोषाध्यक्ष बिदुर खतिवडा र सदस्यहरुमा बालकृष्ण न्यौपाने, बास ुराम भण्डारी, हर्क राई, किर्तना बास्कोटा, रामप्रसाद केसी, आनन्द यादव, संस्कृती प्रधान, धर्मानन्द गौतम र नवराज पौडेल राजु रहनुभएको छ ।