भरतपुरमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
चितवन, १७ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सो दुर्घटनामा परी मृत्यु हुनेमा बोलेरो चालक अन्दाजी ३५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१९च ७६७७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको ग२ख ४३१९ नम्बरको ट्रक बिहान ११ः३० बजे एकापसमा ठोकिएका थिए।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका बोलेरो चालकको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने उनको नाम, थर, ठेगाना खुल्न सकेको छैन। ठक्कर खाने दुवै सवारी र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन्।