उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप
काठमाण्डौ, १७ भदौ । तीन वटै जिल्ला प्रमुखहरुको आज बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्।
तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले गत ३ भदौ देखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए।
तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार (आज) मध्यरातिबाट सकिँदैछ।