अमेरिकाले भन्यो, ‘चीनको जल सेना विश्वकै शक्तिशाली’
एजेन्सी, १८ भदौ । अमेरिकी रक्षा मुख्यालय पेन्टागनले चीनको जल सेना विश्वकै शक्तिशाली भएको निस्कर्ष निकालेको छ।
पेन्टागनको रिपोर्टमा उल्लेख गरेअनुसार पाकिस्तान, श्रीलंका, लाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया र म्यानमार समेत दर्जनौं देशमा आफ्नो सैन्य अखडा विस्तार गर्न लागेको चीनसँग अहिले विश्वकै शक्तिशाली नौसेना रहेको छ।
त्यसैगरी चीनले अहिले आक्रामक ढंगले जल सेनाको क्षमता विस्तार गरिरहेको छ र आफ्नो सामरिक स्थिति तथा पहुँच विस्तारलाई मजबुद बनाएको बीबीसी हिन्दीले जनाएको छ।
यता,चीनले अहिले इन्डो प्यासिफिक क्षेत्रमा जल सेनाको नयाँ अखडा विकास गरिरहनुका साथै, परमाणु हतियारको संख्या पनि आउँदो दशकमा दोब्बर बनाउने लक्ष्य राखेको छ।
पेन्टागनले चीनको सैन्य विस्तारबारे तयार पारेको यो प्रतिवेदन मंगलबार अमेरिकी संसदमा पेश गरेको छ। तर चीनले यो रिपोर्टलाई पूर्वाग्रही भएको बताएको छ।