गोंगबु हत्याकाण्डका आरोपी पुर्पक्षका लागि थुनामा, छोरीलाई बालसुधार गृह पठाइयो
काठमाडौ, १८ भदौ । जिल्ला अदालत काठमाडौँले गोंगबु हत्याकाण्डका आरोपी कल्पना पौडेल मुडवरीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले मुडवरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
सोही हत्यामा संलग्न रहेकी मुडवरीको छोरी नाबालिका भएको कारणले भक्तपुरस्थित बालसुधार गृह भक्तपुर, सानोठिमी पठाइएको अदालतले जनाएको छ।
गत साउन २५ गते गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो र सो हत्यामा संलग्न रहेको आरोपमा मुडवरी र छोरीलाई प्रहरीले साउन २६ गते राति चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।