ललितपुर जिल्लामा आज कर्फ्यु
काठमाण्डौ, १९ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
ललितपुर प्रशासनले आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो।
कोरोनाको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ जारी गरिएको निषेधाज्ञाको बेला हिजो रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पाटन क्षेत्रमा प्रहरी र स्थानियवीच झडप भएको थियो। स्थानीय प्रशासनको अनुमतिबिना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो।
सोही क्रममा सुरक्षाकर्मीसहित स्थानिय घाइते हुनुका साथै निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका हुनाले शान्तिसुरक्षा र अमनचयन कायम राख्न कर्फ्यु जारी गरिएको जिप्रका ललितपुरले जनाएको छ।