चन्द्रागिरीमा युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ
काठमाण्डौ, १९ भदौ । काठमाण्डौको चन्द्रागिरीमा एक युवतीमाथि सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो।
वृत्तका अनुसार एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ।
पक्राउ परेका दुई अभियुक्त विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ।