प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भन्यो, ‘ढुक्क भएर काम गर्नुस, मन्त्रीपरिषद् पुर्नगठन हुँदैन’
काठमाण्डौ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत दिएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताएका छन्।
प्रधानमन्त्री शर्माले मन्त्रीहरुलाई कुनैपनि हल्लाको पछि नलाग्न र पुर्नगठन नहुने भन्दै ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्न भनेका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेका हुन्।
सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ।