सन्दीप सम्मिलित जमैका सिपिएलको सेमिफाइनलमा प्रवेश
एजेन्सी, १९ भदौ । नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो दुई खेल खेल्नु अधि नै सेमिफाइनल पुग्न सफल भएको हो।
यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो।
उक्त खेलमा दुवै टोली एक–एक अंक बाँड्न बाध्य भए । तीन अंकमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जित तथा आठमा पराजय भोगेको छ।
जमैका भने हालसम्म आठ खेल मध्ये तीनमा जित हात पार्दै सात अंकसहित चौथो स्थानमा छ।