चितवन प्रशासनले निषेधाज्ञा केही खकुलो गर्दै भदौ ३१ सम्म थप गर्यो
चितवन, १९ भदौ । चितवन प्रशासनले जारी रहेको निषेधाज्ञा भदौ ३१ गतेसम्मका लागि थप गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
अब भने चितवनमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल खोल्न पाइने छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएको हो।
यसैगरी भरतपुर महानगरपालिकामा साउन ३१ गतेदेखि निषेधाज्ञा जारी गरिएको भएतापनि पछि प्रशनसनले जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ भने भरतपुर महानगरमा मात्रै ५९४ जनामा संक्रमण पुष्टि भएको छ र १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।