लोकमानलाई ल्याएर गल्ती गरियो : नेपाल
एमाले नेता माधव कुमार नेपालले लोकमानलाई योग्य सम्झेर अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्नु गल्ती भएको बताउनुभएको छ ।
इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले अब सबै पार्टिका नेताले यसप्रति आत्मालोचना गरी माफी माग्नपर्ने बताउनुभयो । अयोग्यलाई सिफारिस हुनेलाई पनि कारवाही हुन्छ होलानि रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता नेपालले भन्नुभयो–आत्मालोचना भन्दा ठुलो माफी अरु के हुन सक्छ । गल्ती भयो भन्नु नै एकप्रकारको सजाय हो ।
फरक प्रसंगमा उहाँले सभामुखले संसोधन विधेयक छलफलका लागि टेबुल गर्नु गम्भीर त्रुटि भएको टिप्पणी गर्दै यसले संसदिय गरिमामा आँच पुगेको जिकिर गर्नुभयो । निर्वाचनको मिति घोषणा भएपछि मधेसकेन्द्रित दलपनि सहभागी हुने उहाँको भनाइ थियो ।
संविधान संसोधनमा प्रधानमन्त्रीले देखाएको हतारो कतैबाट निर्देशित भएको आरोप लगाउँदै नेता नेपालले संविधान कार्यान्वयनका लागि भने सबै पक्ष एक हुनु पर्ने उल्लेख गर्नुभयो ।