कोभिड १९ विरुद्धको खोप सन् २०२१ को मध्यपछि मात्र बजारमा आउने विश्व स्वास्थ्य संगठन भनाई
एजेन्सी, २० भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ)ले कोभिड १९ विरुद्धको खोप निस्केपनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकका अनुसार यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्न सक्नेछ।
विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा आफूलाई सो खोप बजारमाा आइसक्नका लागि सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्ने जानकारी दिएका छन्।
उनका अनुसार अर्को बर्षको मध्यसम्ममा खोप बजारमा आउनेछ भने त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिनुका साथै त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिनेछ।
सो खोपको पछिल्लो लट अर्थात तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने उनले बताएका छन्।
प्रमुख वैज्ञानिकले दिएको जानकारी अनुसार सो ट्रायलको नतिजा यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुनेछ।