कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २८० पुग्यो
काठमाण्डौ, १९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र ६ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ बर्षीय र नवलपरासीका ३६ वर्षीया महिला रहेका छन्।
त्यस्तै मृत्यु हुने पुरुषहरुमा महोत्तरीका ७८ बर्षीय, बाराका ७५ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।