मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनमा दिए एसिड आक्रमणमा परेकी मुस्कानलाई नगद सहयोग
काठमाण्डौ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको दिन एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
मन्त्री भट्टराईले आइतवार एसिड प्रहारबाट घाइते खातुनलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ नगद प्रदान गरेका हुन्।
गत वर्षको भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा दुई युवाले खातुनमाथि एसिड प्रहार गरेका थिए भने एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ।
मन्त्री भट्टराईको सचिवालयका अनुसार ९ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले नगद सहयोग गरेको हो।