बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने दाङ प्रशासनको निर्णय
दाङ, २१ भ्दौ । दाङ प्रशासनले भोलि (सोमबार) देखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले भदौ २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमवारदेखि लागू हुनेगरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागू गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक गोविन्द प्रसाद रिजालले सार्वजनिक यातायातका साधनहरु भने सञ्चालन हुन नपाउने जानकारी दिएका छन्।
प्रजिअ रिजालका अनुसार दिउँसो १२ बजेपछि नियमित रूपमा लकडाउन हुनेछ भने उपभोक्ताको सहजताका लागि बिहान ६ घन्टा बजार खोल्ने र दिउँसोदेखि पुन लकडाउन हुने निर्णय भएको छ।