आजबाट धनकुटामा निषेधाज्ञा हट्यो
धनकुटा, २३ भदौ । धनकुटा प्रशासनले जिल्लामा निषेधाज्ञा हटाएको छ। जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले सीमामा कडाइ गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठका अनुसार बैठकले कोरोना भाइरसको सङ्क्रमण अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएकाबाहेक व्यापार, व्यवसायलाई सुरु गर्ने निर्णय गरेको हो।
प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने गाडी तथा सर्वसाधारणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्ड अनुसार खोल्ने निर्णय भएको पनि सहायक प्रजिअ श्रेष्ठले बताएका छन्।
पटक पटक थपिएको निषेधाज्ञा हटेपछि जनजिवन सामान्य बनेको छ।