पछिल्लो २४ घण्टामा थपिए ९ सय २ कोरोना संक्रमित, २ हजार २८७ जना डिस्चार्ज
काठमाण्डौ, २३ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना संक्रमण मुक्त भएका छन्। योसंगै हालसम्म निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण भएको छ।