दुई सहकर्मीलाई यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखाअधिकृत पक्राउ
पोखरा, २३ भदौ । पोखराको हिमालय आँखा अस्पतालमा कार्यरत दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा अधिकृत सुवेदीलाई पक्राउ गरिएको हो।
उनलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रहरीले बताएको छ।
अस्पतालकै एक महिला कर्मचारीले लेखाअधिकृत सुवेदीले आफुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि मजदूर युनियनमा निवेदन दिइएको बताइएको छ । ती पीडित कर्मचारीको उजुरी परेसँगै सुवेदीलाई अस्पताल प्रशासनले भदौ १ं९ गते नै निलम्बन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्की अनुसार अस्पतालमा उजुरी दिएकी पिडीत महिलाले मंगलबार प्रहरीमा उजुरी दिएकी थिइन् भने उनीसंगै अर्का एक महिलाले पनि मंगलबार उजुरी दिएकी छिन्।