कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३०६ पुग्यो
काठमाण्डौ, २१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ जना महिला र ५ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा एक जना काठमाडौंकी ८० वर्षीया महिला रहेकी छिन् भने काठमाण्डौका ८५ वर्षीय पुरूष, सुनसरीका ७० वर्षीय पुरूष, पर्साका ५४ र ६० वर्षीय पुरूष र कपिलवस्तुका ६२ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।