बुधबार थपिए १ हजार ८१ कोरोना संक्रमित, ९ सय १८ जना डिस्चार्ज
काठमाण्डौ, २४ भदौ । बुधबार देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म संक्रमित हुनेको संख्या ४९ हजार २ सय १९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार ९ सय १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसंगै हालसम्म निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ।
यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९ सय ८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन्।
यस्तै आज मात्रै ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ।