कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३१२ पुग्यो
काठमाण्डौ, २४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ जना महिला र ३ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा काठमाडौँकी ८३ बर्षिय, कास्कीकी ७३ बर्षिय र बाँकेकी ८० बर्षिय महिला रहेकी छन्।
त्यस्तैगरी काठमाडौँका ६७ बर्षिय पुरुष, अर्घाखाँचीका ४२ बर्षिय पुरुष र नवलपरासीका ६४ बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।