निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरु आजदेखि सञ्चालनमा
काठमाण्डौ, २५ भदौ । उपत्यकामा तीन हप्ता देखि लागू भएको निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै ठेलागाडामा व्यापार व्यवसाय गर्नेदेखि अन्य सम्पूर्ण व्यवसाय बार अनुसार सञ्चालनमा आउने निर्णय भए अनुसार आजबाट उपत्यकाका मालपोत कार्यालयहरु सञ्चालनमा आएका छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बिहीबार र शुक्रबार अत्यावश्यक परेका घरजग्गा रोक्का र फुकुवाको काम गर्ने तथा आइतबारदेखि घरजग्गा किनबेच खुल्ला गर्ने निर्णय भएको हो।
उच्च सुरक्षा सतर्कता अपनाएर अत्यावश्यक कामहरु वडा र स्थानीय तह अनुसार पालैपालो गर्ने गरि यही भदौ २८ गतेदेखि घरजग्गा किनबेचको काम पनि गरिने विभागले जनाएको छ।