ट्रम्प प्रशासनद्धारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द
एजेन्सी, २५ भदौ । अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो।
राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।
यद्यपी संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कूल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो।
चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरुको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए।