आजबाट उपत्यकामा टुटल र पठाओको सेवा पनि सञ्चालन
काठमाण्डौ, २५ भदौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै आजबाट टुटल र पठाओले पनि नियमित सेवा सञ्चालन गरेको छ।
राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको टुटल कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिएका छन्।
उनका अनुसार टुटलले सतर्कतासहित सेवा दिनेछ भने यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैगरी पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा सञ्चालन गरेको छ। पठाओका अनुसार अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई नियमित सेवामा दिइनेछ।
पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतका अनुसार पठाओले लकडाउनपछि सेवा खुल्दा जसरी सेवा दिएको थियों, त्यसैगरी आवश्यक सतर्कतासहित अब पनि सेवा सुरु गरेको छ भने राइडरहरूलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगाएर मात्रै सेवा दिने र राइडपछि सवारी पनि स्यानिटाइज गर्न निर्देशन दिइएका छ।
सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको र अब नियमित सेवामा जान अन्तिम तयारी भइरहेको पठाओले बताएको छ।